काठमाडांै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेपछि प्रमुख साहले महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै अटेर गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिएका छन् ।

उनले नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउँदै विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू गर्न नहुने उल्लेख गरेका छन् ।

कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाएर फौजदारी मुद्दा चलाउन पहल गरिने पनि प्रमुख साहले चेतावनी दिएका छन् ।