झापाको अर्जुनधारा नगरपालिकाले चालुआर्थिक वर्षमा  ३० किलोमिटर भन्दा बढी नगरक्षेत्रका सडक कालोपत्रे गरेको छ ।

नगरपालिकाले आफ्नो, प्रदेश र संघिय सरकार बाट प्राप्त बजेटले नगरका बिभिन्न वडाका  सडक कालोपत्रे गरेको हो ।

नगर क्षेत्रभित्र भएको सडक कालोपत्रे निमार्ण कार्यमा नगर प्रमुख बलदेवसिंह गोम्देन आफैं खटिंदै आएका छन् । गुणस्तर र मापदण्डको पुर्ण पालनाकालागि पनि नगर प्रमुख फिल्डमै खटिएका हुन् । गुणस्तरको बिषयमा सम्झौता गर्न नसकिने भन्दै मेयर बलियो र तोकिएको मापदण्ड भित्र रहेर सडक कालोपत्रे गर्न र गराउन आफैं निमार्ण कार्यमा खटिंदै आएका हुन् । उनको यो कामलाई स्थानीयले पनि प्रशंसा गरेका छन् । 

निर्वाचित भएको १ वर्ष पुरा हुदै गर्दा नगर भित्र विद्युत नपुगेको ठाउमा विद्युत विस्तार भएको छ भने नागरिकलाई संचार संग जोड्नकालागी नेपाल टेलिकम संगको सहकार्यमा ५ वटा एनटिसीका टावर समेत विस्तार गरिएको जनाइएको छ । 

निमार्ण गरिएका सडक आफ्नो कार्यकालमा मात्र नभई लामो समय सम्म टिक्नु पर्ने मेयर गोम्देन बताउंछन् । उनले नगर क्षेत्रभित्रका विकास निमार्ण कार्य गुणस्तरयुक्त हुनु पर्ने बताउंदै आएका छन् । 

 नगरपालिकाले पर्यटन प्रवर्धन ,भौतिक पुर्वाधारका साथै शिक्षा, स्वस्थ्य , खानेपानी रोजगारी लगायतका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।