सहकारी व्यवस्थापक क्लब  झापाको अध्यक्षमा  मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले सर्वसम्मत चयन भएका छन् ।

आज शनिबार बिर्तामोडमा भएको प्रथम अधिबेशनले  बगालेको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । 

सभाले समितिको उपाध्यक्षमा कञ्चनजंघा सहकारीका निलकण्ठ निरौला, महासचिवमा सतासी सहकारीका सन्तोषकुमार श्रेष्ठ र कोषाध्यक्षमा प्रज्वला अपाङ्ग सहकारीका तुलसा कुँबरलाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा भद्रपुर सहकारीका कृष्ण ढुङ्गाना, साझा बहुउदेश्यीयका विष्णुप्रसाद चुँडाल, शिखर सहकारीका लीलानाथ रेग्मी, मेचीनगर सहकारीका मानस सिटौला, शुभलक्ष्मी सहकारीका तिलकबहादुर कार्की, मेची मास उत्पादक सहकारीका अनिता गुरागाईं र चौतारी सहकारीका विवेक राई निर्वाचित भएका हुन् । 

उनीहरुलाई बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सपथ गराएका थिए ।  राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा सहकारी व्यवस्थापक क्लवले पहिलो पटक कार्यशाला आयोजना गरेको थियो । 

कार्यशालाको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए ।  कार्यशालामा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहजीकरण गरेका थिए । 

संस्थाका अध्यक्ष बगालेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य महेन्द्र गिरी , लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेती , प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई ,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । निलकण्ठ निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।