काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन हुन नदिने भएको छ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले भोलीदेखि हिन्दी फिल्म चल्न नदिने घोषणा काठमाडौं महानगरप्रमुख साहले गरेका हुन ।
सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गर्दै शाहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने गर्ने भएकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको जानकारी दिएका हुन ।
उपत्यकामा हिन्दी चलचित्र निषेध ‘आदिपुरुष’चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म कायम रहने शाहको भनाइ छ ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन यसअघि महानगरले तीन दिनको समय दिएको थियो । तर सो समयमा दृश्य नहटाइएपछि हिन्दी फिल्म रोक्ने निर्णय गरिएको महानगरको भनाइ छ ।
नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने महानगर प्रमुख शाहले बताएका छन ।
चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको भनाइ छ ।