नेकपा एमाले अध्यक्ष केपी ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।

आज सातै प्रदेशका नेकपा एमालेबाट निर्वाचित प्रदेश सभासदहरूसँग भर्चुअल बैठकमा निर्देशनात्मक सम्बोधन गर्दै उनले बजेट छलफलमा भाग लिँदा विरोधका नाममा विरोध नभइ देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्नेगरी आवाज उठाउन आग्रह गरेका हुन । अध्यक्ष ओलीले कुनै पनि हालतमा यथास्थितमा बजेट पास गर्न नहुने बताए ।