बुढानिलकण्ठ : राष्ट्रिय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका वडा नं १० को समिति गठन गरिएको छ । समितिको सभापतिमा  रमेश न्यौपाने चयन भएका छन् । 

पार्टीको केन्द्रीय सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्यता तथा पार्टीको बुढानिलकण्ठ नगर समिति संयोजक निमा लामाको अध्यक्षतामा भएको वडा भेलाले न्यौपानेको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको हो । 

समितिको उपसभापतिमा राधा शाह र  सचिवमा रन्जना कट्टेल चयन भएकी छन । त्यस्तै  सदस्यहरुमा शेष कान्त पोखरेल ,राजकुमारी पराजुली ,सुष्मा सोनाम ,यमन महर्जन ,प्रदिप विश्वकर्मा ,गीतादेवी न्यौपाने, प्रेम बहादुर आलेमगर र लक्ष्मी पोखरेल चयन भएका छन् ।