नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको अध्यक्षमा मनोज अग्रवाल चयन भएका छन् । मारवाडी युवा संगठनको चौथो महाधिवेशन बाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् ।

नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल सहित मारवाडी युवा मंचका २६ शाखाका अध्यक्ष तथा पदाधिकारीहरु सम्मेलित अधिवेशनले ३७ सदस्यीय कार्य समिति चयन गरेको हो । संगठनको वरिष्ठ उपाध्यक्ष गोपाल अग्रवाल ,उपाध्यक्ष नितेस महेश्वरी रहेका छन् ।

सचिव र कोषाध्यक्ष केन्द्रीय सदस्यबाट मनोनित गरिने छ । त्यसैगरी क्षेत्रीय अध्यक्ष क्षेत्र ‘क’ वाट दिपक मित्तल सभापति चयन भएका छन् । निवर्तमान क्षेत्रीय सभापति यज्ञराज अग्रवाल बिकास र युवा ब्यावसायी सुमित साहेवाला झापाबाट केन्द्रीय सदस्य चयन भएका हुन् । ६ जना क्षेत्रीय सभापति समेत चयन भएको बताइएको छ ।

मोरङको विराटचोकस्थित होटेल नेपालीरिकामा भएको महाधिवेशनको उद्घाटन कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले गरेका थिए । कार्यक्रम संयोजक मारवाडी युवा मंच बिराटनगर का पूर्व अध्यक्ष गोपाल अग्रवाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन मोहित लालवानीले गरेको मारवाडी युवामञ्च बिर्तामोडका सदस्य मनिष पोद्दारले जानकारी दिए ।