विगत लामो समय अभिनय यात्रामा सक्रिय  नेपालि चलचित्रका नायक उत्तम श्रेष्ठले  चलचित्र निर्माण गर्ने भएका छन् ।  नेपाली चलचित्र जगतका कुनै बेलाका सुपरस्टार श्रेष्ठको ‘दर्पण छायाँ’ अत्याधिक हिट चलचित्र रहेको थियो । त्यही हिट चलचित्रको  सिक्वेलको रुपमा उनले ‘दर्पण छायाँपछि फेरि’ बनाउने भएका हुन् । 

आज शुक्रबार कांकरभिट्टामा आयोजित पत्रकार भेटघाटमा  श्रीमती संगीता प्रधानसँगै आएका नायक श्रेष्ठले हिट चलचित्र दपर्ण छायाँको दुई दशक पछि सिक्वेल  बनाउने घोषणा गरेका हुन् । 

नेपाली चलचित्र क्षेत्रमा नायक नायिका निर्माता बन्ने होड चलिरहेको बेला अब नायक  श्रेष्ठले पनि चलचित्र निर्माण मा होमिएका हुन् । 

‘मलाई दर्पण छायाँले चिनायो,’ उनले भने, ‘दर्शकबाट पाएको त्यो मायालाई मैलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वले बनाउन लागेको छु ।’ कलाकार उत्तम प्रधानले बनाउन लागेको उक्त चलचित्रमा दर्पण छायाँका अधिकांश कलाकारसँगै केही नयाँको अभिनय रहने बताए । 

लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेका कलाकार प्रधान अहिले आफ्नो जन्मभूमि भारतको सिक्किम बस्दै आएका छन् । सिक्किममा बसेर पनि उनले नेपाली चलचित्रको विकासमा सहयोग गर्दै आएका छन् ।

श्रेष्ठले लहना, मलाई माफ गरिदेउ, परे माया जालमा, बसाई, मितिनी लगायतका तीन दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।