नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आईतबार काठमाडौँमा केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकार्पण गर्दै अध्यक्ष ओलीले नेकपा विभाजन भयो भनेर मात्रै नहुने भन्दै विभाजनका कारणहरुको यथार्थ विश्लेषण गरी नागरिकलाई थाहा दिनुपर्ने बताएका हुन् ।

उनले नेकपा विभाजन हुनुको कारण स्वचालित वा परिचालित के थियो भन्ने विश्लेषण हुनु जरुरी रहेको पनि बताए ।

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गरे भविष्यलाई पनि राम्रो हुने पनि बताए ।