झापाको मेचीनगर नगपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि १ अर्ब ५१ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।
प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले उद्घाटन गरेकोे अधिवेशनमा प्रस्तुत बजेट अनुसार आन्तरिक आय १२ करोड ८७ लाख, राजस्व बाडफाँड १८ करोड ९९ लाख १७ हजार समानीकरण अनुदान १५ करोड ६१ लाख ७५ हजार र दहत्तर बहत्तर स्थानीय राजस्व बाँडफाँड ३ करोड रुपैयाँ रहेको छ । चालु खर्चतर्फ ८५ करोड ७ लाख ७ हजार रुपैयाँ, पूँजीगत खर्चतर्फ ६५ करोड ८० लाख ३३ हजार ३६७ रुपैयाँ, वित्तीय व्यवस्थातर्फको खर्च २५ लाख रुपैया छुट्याइएको छ ।
जनताका शिक्षा स्वास्थ्य जस्ता मौलिक हकहरुको कार्यान्वयन, कृषि, पशु, स्वास्थ्य, खानेपानीजस्ता नगरबासीका आधारभूत आवश्यकता पूरा गर्ने गरी बजेट विििनयोजन गरिएको बताइएको छ ।
सोही अनुसार कृषितर्फ करिब २ करोड ४८ लाख, पशु विकासतर्फ ४६ लाख गरी आर्थिक विकासका विभिन्न क्षेत्रमा ५ करोड ९३ लाख ८४ हजार रुपैयाँ छ्ट्याइएको छ भने शिक्षातर्फ ४२ करोड ७८ लाख, स्वास्थ्यतर्फ ७ करोड ४ लाख, सामाजिक सुरक्षामा करिव १ करोड २२ लाख ७० हजार, युवा तथा खेलकुदमा १ करोड ४५ लाख, खानेपानीमा ८३ लाख, लैगिक समानता र समावेशीकरणमा ७७ लाख गरी सामाजिक विकासतर्फ कूल ५४ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख उप्रेतीले बताइन् ।
सडक, यातायात, भवन, आवासलगायतका पूर्वाधारमा ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सुशासन तथा यससँग सम्बन्धित क्षेत्रमा २ करोड ९ लाख रुपैयाँ र कार्यालय सञ्ञ्चालन तथा प्रशासनिकतर्फ २४ करोड २६ लाख रुपैयाँ छुट्टिएको छ । नदीजन्य पदार्थको बिक्री–वितरणबाट करिव ३ करोड रुपैयाँ आय हुने अनुमान गरिएको छ ।
सभामा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा राजस्वका नयाँ स्रोतहरुको पहिचान गर्ने र अधिकांशमा करका दरहरु भन्दा करको दायरा बढाउने प्रयास गरिने उल्लेख छ । आगामी वर्ष आन्तरिक आम्दानी बढाउने कार्यलाई अभियानकै रुपमा लैजानुपर्ने उल्लेख छ ।
नगरकार्यपालिका सदस्य एवम् वडा नम्बर २ का वडाध्यक्ष दीपक बरालले सञ्चालन गरेको उद्घाटन समारोहमा कोशी प्रदेशसभा सदस्यहरु गोपाल तामाङ, सविना बजगाईँ, नेकपा एमाले मेचीनगर कमिटी इञ्चार्ज चन्द्र प्रसाई , नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर अध्यक्ष कमल गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर सचिव विशालकृष्ष्ण वाँस्तोला, मेचीनगर अध्यक्ष हरिप्रसाद तिम्सिनालगायतले शुभकामना राख्दै बजेट र निित तथा कार्यक्रम अक्षरशः पालना गर्न आग्रह गरेका थिए ।