झापाको अर्जुनधारा नगरपालिकाले  आर्थिक वर्ष २०८०÷०८१ का लागि ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

आइतबार आज नगरपालिकाको सभाहलमा १३ औं नियमित अधिवेशनमा नगर उपप्रमुख  तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले आगामी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन ।   


नेपाल सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम २८ करोड ३० लाख,  समपूरक अनुदान ९० लाख,  बिशेष अनुदान १ करोड ४५ लाख र प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम २ करोड ४८ लाख ७५ हजार,   समपूरक अनुदान १ करोड ३० लाख रुपैयाँ रहेको उप–प्रमुखले प्रस्तुत गरेकी हुन् ।  


त्यसैगरी समपूरक कोष ३ करोड, साँझेदारी कोष १ करोड ८० लाख, प्रस्तावनामा आधारित कार्यक्रम ४० लाख, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन ५० लाख, बिपद ब्यवस्थापन कोष ६० लाख, संघ÷संस्था प्रर्वद्धन कार्यक्रम ४० लाख, भुमि ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ४५ लाख, नगर गौरबको आयोजनाहरु १ करोड १३ लाख, पूर्वाधार बिकास सम्बन्धि कार्यक्रमहरु २ करोड ५५ लाख,

सामाजिक बिकास सम्बन्धि कार्यक्राहरु ४ करोड ५५ लाख, आर्थिक बिकास सम्बन्धि कार्यक्रमहरु १ करोड ८७ लाख, वातावरण तथा बिपद ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ७५ लाख, सुशासन तथा संस्थागत विकास सम्बन्धि कार्यक्रमहरु ७८ लाख, वडास्तरीय योजनाहरु ९ करोड ९० लाख, प्रशासनिक खर्च १३ करोड ५ हजार गरी जम्मा ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो । 

आर्थिक बर्ष २०७९÷०८० को ९७ करोड ८६ लाख ७६ हजार बराबरको संम्सोधनसहित बजेट स्वीकृत भएकोमा ब्ययतर्फ २०८० जेठ मसान्तसम्म पुँजीगततर्फ ६३.८४ प्रतिशत र चालुतर्फ ६७.५१ प्रतिशत र बित्तियतर्फ सतप्रतिशत खर्च भइसकेको नगर उपप्रमुख पराजुलीले जानकारी दिइन् । 

नगरप्रुमख बलदेबसिंह गोम्देन तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा  नगरको प्रमुख प्रकाशकीय अधिकृत गिताकुमारी राई सहित ११ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थिति थियो । 

अगामी बैठक असार १३ गते दिउँसो २ बजे बस्ने गरी १३ औं नियमित अधिवेशन नगर प्रमुख गोम्देनले सम्पन्न भएको घोषणा गरेका थिए ।