बिर्तामोड । लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज सोमबार देशैभर बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । यसैबीच दिवसको अवसरमा झापाको बिर्तामोडमा पनि सचेतना तथा प्रभातफेरी कार्यक्रम गरिएको छ ।  

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनी  संयुक्त आयोजनामा सचेतना तथा प्रभातफेरी कार्यक्रम गरिएको हो । 

‘नबोकौँ अपराधीको झोला, तपाईलाई हुनसक्छ धोका, से यस टु लाइफ नो टु ड्रग्स, लागू औषधको खेती र कारोबार भताभुङ्ग परिवार र बास हुन्छ कारागार, लागू पदार्थको नशा जीवनको दुर्दशा’ लगायतका सचेतना सन्देश लेखिएका  प्ले कार्ड सहित सहभागि बनेका संघ संस्थाका प्रतिनिधि, प्रहरी, नगरका कर्मचारीले बिर्तामोड बजार क्षेत्र परिक्रमा गरेका थिए । 

347605340_3393502017537421_8710787077768110377_n

कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बिर्ता लेडी जेसिजकी अध्यक्ष संगिता गिरी , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशी, सहायक निरीक्षक जीवन कार्की लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि उपस्थिती रहेको थियो ।