जंगली हात्तीको आक्रमणबाट परी आज मङ्लबार बिहानै एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका– ७ निवासी ५३ वर्षीय गिरेन कर्मकारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका– २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान नजिकै जंगली च्याउ टिप्न गएका कर्मकारलाई हात्तीले आक्रमण गरेको थियो ।
प्रहरीले जनाएका अनुसार सोही चिया बगानमा रहेको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको हो ।