अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैद्य ओसारपसारविरुद्ध दिवसको अवसर पारेर कांकरभिट्टा ट्राफिक पोष्टले  लापसे अर्थात् लागुपदार्थ सेवन जाँच अभियान सुरु गरेको छ । 

प्रहरीले  मादक पदार्थ सेवन (मापसे) संगै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न सुरु गरेको जनाएको छ । 

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान शुरु गरिएको कांकरभिट्टा ट्राफिक पोस्टका प्रहरी नायव निरीक्षक लिला श्रेष्ठले बताए । 

 किटको माध्यमबाट राजमार्गमै लापसे (लागुपदार्थ सेवन) चेकजाँकको अभियानको थालनी गरिएको उनले बताए । 

नार्कोन नामक संस्थाले “ड्रग यूरिन टेस्ट” नामक पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे–नगरेको थाहा हुने श्रेष्ठको  भनाई छ । उनक अनुुसार यदि कसैले लागुऔषध प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ ।  

उनीहरुलाई आवश्यक कारवाही अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज लिला श्रेष्ठले जनसंसद्लाई जानकारी दिए ।