झापाको झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा सिचाईंका लागि पालिकाबासीलाई विद्युत महसुलमा ६०% सम्म अनुदान प्रदान गर्ने जनाएको छ । 

उपाध्यक्ष अन्जुदेवी थपलियाले आइतबार चौधौं गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिकामा स्थायीरुपले बसोबास गर्ने कृषकलाई सिचाईंकालागी विद्युत महसुलमा यस अघि दिंइदै आएको  ५० प्रतिशत अनुदानलाई वृद्धि गरि ६० प्रतिशत सम्म पु¥याइएको जानकारी दिइन् । 

त्यसकालागि पालिकाले २० लाख बजेट विनियोजन गरेको बताइन् । सुविधा प्राप्त गर्नका लागि कृषकले आफुले प्राधिकरणलाई तिरेको महसुलको नगदी रसिद र विल अनिवार्य हुनुपर्ने बताइएको छ । किसानलाई कृषि पेशामा आकषर्ण गर्न यो व्यवस्था मिलाइएको जनाइएको छ । 

गाउँपालिकाले चौधौं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु ४९ करोड ९० लाख १७ हजार २ सयको अनुमानित बजेट सर्वसम्मत पारित गरेको छ ।