झापाको अर्जुनधारा ८ स्थित शनिश्चरेमा असार १३ देखि २७ गतेसम्म ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ हुने भएको छ ।
भोली बुधबार देखि ‘प्रथम अर्जुनधारा मिनी महोत्सव हुने भएको हो । अर्जुनधारा–८ को नयाँ बजारलाई चलायमान बनाउंदै ब्यवस्थापनमा सहयोग पु¥याउन ब्रदर एण्ड सिस्टर जिम हाउसको आयोजनामा महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तुल श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए ।
उनका अनुसार मुनाफा भएको रकम आपत्तकालिन बिपद् ब्यवस्थापनमा खर्च गरिनेछ । सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्यवस्थापनमा आयोजना हुने महोत्सवमा गायक प्रमोद खरेल, मेलिना राई, ज्योती मगर, एलिना चौहान , रचना रिमाल लगायतका राष्ट्रिय कलाकारहरु आउने तय भइसकेको सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका सञ्चालक पर्वत लामाले जानकारी दिए । महोत्सवमा अन्य कलाकारसंगै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने उनले बताए ।
महोत्सव अवलोकन कर्ताले एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नु पर्ने आयोजक समितिका कोषाध्यक्ष श्याम दनुवारले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका सल्लाहकार भरत मोक्तान, मनोजकुमार गोम्देन, आयोजक समितिका सदस्य हिमाल पुरी, हेमलाल परियार, सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका गौरी लिम्बुलगायतको उपस्थिति रहेको थियो ।