भद्रपुर :  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले आज मङ्लबार झापाको भद्रपुर क्षेत्रको सिमा अनुगमन गरेका छन् ।  

निरीक्षण पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै सिमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँच गर्न र चोरी निकासी रोक्नका लागि २४ सै घण्टा चनाखो रहन निर्देशन दिए । उनले आजै कोशी प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढीको समेत निरीक्षण गरेका थिए । 

त्यस अवसरमा उनले कार्यालयमा रहेको क्वाटर गार्ड, उद्दार सम्बन्धी उपकरणहरु तथा बिभिन्न शाखाहरुको निरीक्षण गरेका थिए ।  

जोखिममा परेका नागरिकहरुलाई उद्धार गर्ने पहिलो सुरक्षा निकाय नेपाल प्रहरी नै रहेको हुँदा उपलब्ध श्रोत साधनलाई तयारी अवस्थामा राखी २४ सै घण्टा तयारी अवस्थामा रहन उनले  सो अवसरमा निर्देशन दिए ।