मेचीनगर : झापाको बुद्धशान्ति गाउँपालिका ५ मा रहेको पाँचपोखरी सामुदायिक वनक्षेत्रमा बृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवस २०८० को अवसर पारेर डिभिजन वन कार्यालय पाँचपोखरी सामुदायिक वनक्षेत्रमा बृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवस २०८० को अवसर पारेर डिभिजन वन कार्यालय झापाको आयोजना तथा मेचि सव डिभिजन वन कार्यालय मेचिनगरको सहजीकरणमा करीब २ हजार विरुवा रोपीएको हो ।
आज बिहिबारबाट सुरु भएको साता व्यापी कार्यक्रम अन्तरर्गत सो क्षेत्रमा करीब जामुन, खयर, सिसौ, सिरिस, गोल्डमहर लगायत प्रजातिका २ हजार विरुवा रोपीएको मेचि सव डिभिजन वन कार्यालय साहयक प्रमुख तथा प्राविधिक डिल्लीराज खरेलले बताए ।
वनक्षेत्रको पाँच हेक्टर खाली जमिनमा विभिन्न जातका करिब ७ हजार बढी बिरुवा रोपिने पनि उनले जानकारी दिए ।
‘सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ ‘, भन्ने नाराका साथ आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयका साहयक वन अधिकृत क्रृषिराज पराजुली सहितको टोली, मेची सव डिभिजन वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराई ,
अरिदमन गण चारआलीका प्रमुख, इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख, सामुदायिक वन उपभोक्त महासंघ लगायत स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो ।