झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या क्रमशः बढ्दै गएको हो । चालू आर्थिक वर्ष २०७९÷०८० को हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिए । 

हात्तीको आक्रमणबाट गत आर्थिक वर्ष २०७८÷०७९ मा पाँच जना, आव ०७७÷७८ मा तीन, ०७६÷०७७ मा दुई, आव ०७५÷०७६ मा एक जना र आव ०७४÷०७५ मा पाँच जनाको मृत्यु भएको छ ।

झापामा पछिल्लो १२ यता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालू आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भइसकेको छ ।