शिवसताक्षी :  झापाको शिवसताक्षीमा  राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं। ५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीयबासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् ।

शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्षहरु विष्णु प्रसाई र सिकिन पाश्वानले सामुहिक धान रोपेका थिए ।

1688117069912-1024x585

कार्यक्रममा संघीय सांसद एलपी साँवा लिम्बुले नागरिकको मुख्य पेशा कृषि भएतापनि त्यसमा लाग्ने आधारभूत कच्चा पदार्थ मल, विउ, समय उपलब्ध नभएको गुनासो गरे । सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर काम गरेपनि यो पर्याप्त छैन । उनले भने, समाज रुपमान्तरण गरी सबै वर्गका मानिसहरुको आय आर्जनलाई माथि उठाउने काम गर्न निरन्तर अभियानमा रहेका छौं ।

त्यस्तै नगरप्रमुख थोप्राले नगरभित्रका सबै वडाहरुमा धान उत्पादनलाई जोड दिदै आत्म निर्भर बन्ने गरी धान दिवसलाई प्रत्साहनको रुपमा मनाउनु पर्ने बताए । शिवसताक्षी नगरपालिकामा अहिले पनि धान उत्पादन गरी बाहिर निर्यात भइरहेको छ । उनले शिवसताक्षी नगरपालिकाले पाँच कठ्ठा भन्दा धेरै जग्गामा कालो धुनिया धान लगाउने कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । बर्खे धान सुकाउने समस्या परेको हुँदा नगरका कृषकका लागि धान सुकाउने प्रविधिसमेत खरिद गर्ने निर्णय भएको छ । 

नेपालले वि। सं।ं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो