झापाको बिर्तामोडमा एकदिने  ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना गरिएको छ ।   नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेश र होटल ब्यवसायी संघ झापाको सह–आयोजना तथा बिर्तामोड नगरपालिकासँगको सहकार्यमा शनिबार आज बिर्तामोड स्थित आदर्श ब्याङक्वेटमा   ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ गरिएको हो । 

प्रोग्रामको एक समारोहका बिच कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले उद्घाटन गरेकी थिइन् । 

 कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यबसायी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेका थियो । 

स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत बिभिन्न सरोकारवालालाई व्यवसायीक फाइदा पु¥याउने हिसाबले कार्यक्रमको आयोजना गरिएको नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए । 

होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश (नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले पारेका थिए । 

कार्यक्रमले व्यापारका अवसरहरु बिकास गर्ने र साझेदारी गठन गर्ने अपेक्षा गरिएको नाट्टा कोशी प्रदेशका महासचिव नबिन खरेलले जानकारी दिए । 

भारतीय बिरामीहरुलाई नेपालका अस्पतालमा उपचार गर्न आउने वाताबरण बनाउने उदेश्य समेत राखेको उनले बताए । 

 हेल्थ टुरिजम प्रमोशन प्रोग्राममा झापाका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटल, होमस्टे साथै पर्यटन ब्यवसायीहरुले आ–आफ्ना ब्यवसाय प्रवर्धनका सामाग्रीसहित ५० बढी स्टलहरु राखेको होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।   कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, चिकित्साकर्मी सहभागिता रहेको थियो ।