नेपाल शैक्षिक परामर्श संघ इक्यान झापा शाखाको कार्यालय स्थापना गरिएको छ ।  बिर्तामोड–४ स्थित भद्रपुर रोडमा संघको कार्यालय स्थापना गरिएको हो । कार्यालयको शनिबार आज एक संक्षिप्त कार्यक्रमकाबिच संघका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गरेका छन् । 

संघको झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका निर्वतमान  अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गरेका थिए । उनले झापामा इक्यानको शाखा सञ्चालनमा आएसँगै पहिलो बैठकमै कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताए । उनले कार्यालय स्थापना भएसंगै अब सहज हुने बताए । 

कार्यक्रममा संघका पूर्व केन्द्रिय अध्यक्ष बिष्णुहरि पाण्डे, पूर्व केन्द्रिय उपाध्यक्ष शेषराज भट्टराई, उपाध्यक्ष देबीदास भट्टराई, कृष्णहरि केसी, केन्द्रिय महासचिव दीपकराज भूषल, केन्द्रिय सदस्य भवनाथ हुमागाई, रत्न भट्टराई, जापानीज भाषा जेएलसीटी का डारेक्टर

प्रमोद लिम्बु, इक्यान पूर्वाञ्चल उपाध्यक्ष दीपक गौतम, संघका झापा उपाध्यक्ष तथा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतले आ–आफ्ना धारणा राखेको संघका झापा अतिरिक्त बिभाग प्रमुख अनिल सापकोटाले जानकारी दिए ।   कार्यक्रमको सञ्चालन संघका झापा सचिव राजकुमार कार्कीले गरेका थिए ।