झापाको शिवसताक्षी नगरपालिकाले वालवालिका र युवा वर्गमा पठन सस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञानघर निर्माण सुरु गरेको छ । 

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रो रोषनले शनिवार शिवसताक्षी नगरपालिका ७ ब्याङ्गडाँडामा आजै  ज्ञानघरको निर्माणपछि उदघाटन गर्दै अभियानको सुरुवात गरेका हुन् । 

 स्थानीय गोर्खाली हर्ट नामक क्लवको संयोजनमा नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात गरिएको उक्त ज्ञानघरमा नगरप्रमुखले वृहत नेपाली शब्दकोष लगायातको पुस्तकहरु प्रदान गर्दै ज्ञानघरको उदघाटन गर्नुभयो । गाउँपालिकाले प्रदान गरेको ४ लाख रकममा अन्य दाताहरुको सहयोगबाट उक्त ज्ञानघरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष बिजय लिम्बुले बताए । 

 

यसै आर्थिक बर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक बर्षमा थप ४ स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिसकिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले बताए । 

 पछिल्लो समय वालवालिकारुमा मोवाईल र टिभीको लतका कारण आचरण र मानसिक स्वास्थ्यमै समस्या देखिएपछि पत्रपत्रिका र पुस्तक पठन सस्कृतिको विकासका लागि नगरका प्राय सबै चौकमा ज्ञानघर निर्माणको अभियानलाई देशकै नमुनाका रुपमा नगरले लगेको नगरप्रमुख थोप्राले जानकारी दिए । 

ज्ञानघरलाई शिक्षाकै महत्वपुर्ण लगानीका रुपमा लिइएको र नगरपालिकाले समग्र बजेटको १० करिव १० प्रतिशत बजेट शिक्षामा बिनियोजन गरिएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले बताए ।  

कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष भवानीविक्रम चेम्जोङ्गले ज्ञानघर निर्माण नगरकैमात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको भन्दै नगरको गौरवको योजना भएको दावी गरे । । ज्ञानघरलाई सबै उमेर र समुहका नागरिकले फाइदा लिन समेत वडाअध्यक्षले अनुरोध गरे । 

  कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा साखा प्रमुख छविलाल ढकाल, शिवसताक्षी रेडक्रसका अध्यक्ष गोविन्द काफ्ले, किरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जबेगु, मेची अंग्रेजी माविका पिन्सिपल पदम कुबँर लगायातले ज्ञानघर निर्माणले शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा महत्वपुर्ण काम भएको बताए ।