काठमाडौं । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए । उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । onlinekhabar.com