कोशी प्रदेशको पुनः नामकरणको माग सहित आन्दोलित  पहिचानवादीहरूले झापा जिल्लाका बिभिन्न सरकारी कार्यालयहरूमा राखिएको  बोर्डमा लेखिएको कोशी प्रदेश नाम मेटाइदिएका छन् । 

पहिचानवादीहरूले आज आइतबार बिर्तामोड नगर सहित  नगरका विभिन्न वडा कार्यालय, यातायात व्यवस्था कार्यालय, खानेपानी तथा सरससफाई डिभिजन कार्यालय झापा, कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, कृषि विकास बैङ्क, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कलबलगुडीस्थित अनुसन्धान केन्द्र कार्यालयको  साइन बोर्डमा लेखिएको कोशी प्रदेश नामलाई मेटाइदिएका हुन् । 

उनीहरुले कोशी लेखिएको ठाउँमा कालो रङले पोतेर १ नम्बर प्रदेश लेखेका छन् । कार्यालयहरूको भित्तामा टाँसिएको कोशी प्रदेश लेखिएको जनचेतनामूलक पोस्टर समेत सो समूहले च्यातेर फालेका थिए ।  प्रदेशसभाको बहुमतले कोशी प्रदेश नामकरण गरेपछि पहिचानवादीहरू निरन्तर आन्दोलन गरिरहेका छन् ।