बिर्तामोड ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ । 

आज सोमबार गुरु पूर्णिमाको अवसरमा  एक समारोहकाबिच विद्यालयका पूर्व शिक्षक तथा कर्मचारीलाई विद्यार्थी समाजले अभिनन्दन सहित सम्मान गरेको हो । 

20230703_122610

विद्यालयका पूर्व शिक्षक किशोर प्रसाई, टेकनाथ न्यौपाने, कपिलमणी प्रसाई, मोहनराज दाहाल, मोहनकुमार पौडेल, दिलिपकुमार शर्मा, दिलबहादुर पुलामी, राधिका कुमारी खड्का, मोहन ओली, लक्ष्मी ढकाललाई दोसल्ला , पानी तताउने इलेक्ट्रिक जग, तामाको जग, गिलास सहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो । 

20230703_122421

उनीहरुलाई समाजका उपाध्यक्ष मदन गोपाल सुब्बा, महासचिव मोहन शिवाकोटी, सचिव केशब प्रसाई, कोषाध्यक्ष बिष्णुमाया मैनाली, डा. लक्ष्मीप्रसाद मैनाली सहित अन्य भुतपूर्व विद्यार्थीले सम्मान गरेका हुन् । 

20230703_123807

समाजका अध्यक्ष राजकुमार पोखरेल देश बाहिर रहेकाले कार्यक्रममा अनुपस्थित थिए ।  त्यस्तै विद्यालयका पूर्व कर्मचारी जसबहादुर राई र ज्ञानुमाया राईलाई पनि समाजले सम्मान गरेको छ । 

समाजका उपाध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा २ सय बढी पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा पूर्व विद्यार्थी लीला अनमोलले गरेकी थिइन् ।