ताप्लेजुङका बाढी पहिरो पीडित परिवारलाई अमेरीकामा बस्दै आएका नेपालीहरुले सहयोग गरेका छन् । असार २ र ४ गते भीषण वर्षासँगै गएको बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई अमेरीकामा बस्दै आएका डिल्लीराम अधिकारी तथा कोपिला न्यौपाने अधिकारी, जिवन दहाल तथा सुनिता दहाल ,शुभास पाण्डे, अनुपमा खनाल , शुभेच्छा भटराई रोसन दहाल, पुजा तथा दुर्गा पोखरेल ,सपना र सन्तोष वस्ती लगायतले सहयोग गरेका हुन् ।
उनीहरुले पठाएको १ लाख २१ हजार रुपैंया राष्ट्रिय स्वतन्त्र पार्टी बुढानिलकण्ठ १० का वडा सभापति रमेश न्यौपानेले इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल मार्फत पिडितहरुलाइ सहयोग गरिएको हो ।
पीडित परिवारलाई थोरै भए पनि साहयता होस भन्ने हेतुले राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराइएको ताप्लेजुङ घर भई हाल अमेरीकामा बस्दै आएकी कोपीला न्यौपाने अधिकारीले बताइन् ।
पहिरोमा परी ज्यान गुमाएका परिवार र पहिरोले घर बगाएर विस्थापित बनेका परिवारलाई इन्द्रेणी टोलीले राहत रकम उपलब्ध गराउंदै आएका कारण उनीहरु मार्फत पीडितलाई सहयोग उपलब्ध गराइएको रास्वपा बुढानिलकण्ठ १० का वडा सभापति रमेश न्यौपानेले जानकारी दिए ।