बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालका संस्थापक दुर्गा प्रसाईले आफ्ना स्व ः बुबा कृष्णप्रसाद प्रसाईको स्मृतिमा निर्माण गरिदिएको विद्यालय भवनको उद्धघाटन गरिएको छ । 

झापाको बिर्तामोड २ स्थित मोहनमाया माध्यमिक बिद्यालय परिसरमा प्रसाईले निर्माण गरिदिएको  १२ कोठाको तीन तले पक्की भवनको उद्धघाटन गरिएको हो । 

 पिताको स्मृतिमा निर्माण गरिएको उक्त भवनको बिहिबार एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईले उद्घाटन गरेका हुन् । 

उनले गरिब तथा विपन्न नागरिकलाई निशुल्क शिक्षा प्रदान गर्ने हेतुले विद्यालय भवन निमार्ण गरिएको जानकारी दिए ।  

बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष देबी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिएण्डसीका अध्यक्ष इन्दिरा गिरी, डा. अन्जली कार्की प्रसाई, बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो । 

बिद्यालयका प्रध्यानाध्यापक शेरबहादुर श्रेष्ठले  आचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रसाईलाई अभिनन्दन तथा अस्पतालकी अध्यक्ष इन्दिरा गिरीलाई बिद्यालयको तर्फबाट सम्मान समेत गरिएको  थियो । 

बिद्यालयकी शिक्षिका अनिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मुकुन्द ढकालले गरेका थिए ।