झापाको बिर्तामोड–५ मा रहेको  न्यूटन्स एजुकेशन एकेडेमीले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई_मा जिल्लाबाटै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । 

न्युटन्सले एसईइ परीक्षामा  संस्थागत विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको हो । 

विगतका वर्षदेखि नै एसएलसी र एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउंदै आएको न्युटन्सले यस बर्ष पनि  एसईईमा जिल्लामै संस्थागत विद्यालयको तर्फबाट उत्कृष्ट  नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाँईले जानकारी दिए । 

pic debendra

संस्थागत विद्यालयतर्फ ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै न्यूटन्सका २० जना विद्यार्थीले उत्तीर्ण गरेका हुन् ।

त्यस्तै ३.२० देखि ३.६० जीपीएमा ४७ जना , २.८० देखि ३.२० जीपीएमा ३७ जना ,२.४० देखि २.८० जीपीएमा २६ जना , २.०० देखि २.४० जीपीएमा ९ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक  हुमागाँईले जानकारी दिए । विद्यालयबाट १ सय ३८ जना विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा ती सबै विद्यार्थी 

उत्तीर्ण भएका छन् । 

जिल्लामा बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमी र दमकको सिद्धार्थ बोर्डिङ स्कूलले ३.६० देखि ४ जीपीएमा विद्यार्थी उत्तीर्ण गराएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । 

दक्ष, अनुभवी र तालिमप्राप्त शिक्षकद्धारा अध्यापन गराउने न्युटन्स जिल्लाको नमूना विद्यालयमा पर्छ ।

शिक्षा सेवी स्वर्गीय हरिकुमार प्रसाईले २०६० सालमा स्थापना गरेको यो विद्यालयमा हाल एक हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुंदै आएको छ ।  

शैक्षिक गुणस्तर ,  बौद्धिक वृद्धि, ललितकला, प्रदर्शन कला, खेलकुद, गीत संगीत, आदिले गर्दा  पनि यो विद्यालय जिल्लामा परिचित छ ।