झापा : ट्राफिक सप्ताह अन्तर्गत झापा ट्राफिक प्रहरीले बिर्तामोड बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा मातहतका युनिटहरुको समन्वयमा चालकहरुको स्वास्थ्य चेकजाँक गरिएको हो ।
आज शनिबार ५ औं दिनमा बिभिन्न सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण, मेकानिकल चेकजाँच, लेन अनुशासन, बिभिन्न सवारीहरुको कागज पत्र चेकजाँच ,पर्चा पम्पलेट बितरण , सवारी साधनहरुमा ट्राफिक सचेतना सम्बन्धिका स्टिकर टाँस गर्ने काम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रविन जोशी ज्ञवालीले बताए ।
निशुल्क स्वास्थ्य शिविरमा चालकको ब्लड प्रेसर, सुगर, आँखाको भिजन लगायतका स्वास्थ्य चेकजाँच गरिएको थियो ।