सन्तोष न्यौपाने÷झापा 

जिल्ला ट्राफिक कार्यालय झापाले आइतबारबाट  लापसे सेवन चेक जाँच सुरु गरेको छ ।  ट्राफिक सप्ताह कार्यक्रमको अवसर पारेर लागु पदार्थ सेवन चेक जाँच गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रविण जोशी ज्ञवालीले जानकारी दिए । 

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको अवसर पारेर कार्यक्रमको सुरुवात गरिएको उनले बताए । 


digकार्यक्रमको एक समारोहका बिच कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले उद्धघाटन गरेका हुन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै उनले लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिने भएका कारण दुर्घटना न्युनीकरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए । 

sit

लापसे चेक गर्ने किडको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ । चालकले ड्रग, हिरोइन ब्राउन सुगर गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख  ज्ञवालीको बताए । 

 group

लागूपदार्थ सेवन गरेको देखिएमा लागूपदार्थ ओसारपसार तथा सेवन ऐन अन्तर्गत कारबाही गर्न सिफारिस गरिने 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी प्रमुख श्यामकुमार महत्तोले जानकारी दिए । 

कडाइका साथ लापासे चेक गर्ने हो भने दुर्घटनामा केही हदसम्म भएपनि कमी आउने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय , इटहरीको आयोजना तथा आन्तरीक तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग तथा सहकार्यमा भएको कार्यक्रममा बिभिन्न संघ संस्था तथा सवारी चालक सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । 

hom

झापा प्रहरी प्रमुख रेग्मीले स्वागत गरेको  कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय , इटहरीका प्रमुख महत्तोको अध्यक्षतामा भएको थियो ।    कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय कांकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले गरेका थिए ।