नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले अहिले सरकारमा जाने आफ्नो पार्टीको कुनै मनसाय नरहेको बताएका छन् । मंगलबार पार्टी केन्दिय कार्यालय च्यासलमा पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा अध्यक्ष ओलीले आफ्नो पार्टी अहिले सरकार बनाउने र जोगाउने खेलमा नभई २०८४ को निर्वाचन एक्लै बहुमत ल्याउने अभियान रहेको बताएका हुन् ।

उनले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूटो बोलेको भन्दै आक्रोश समेत जनाए ।

अध्यक्ष ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।