बिर्तामोड : बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रोहित प्रसाई वडा सचिवले मनोमानी गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । ५ नम्बरका वडा सचिव विमल पोखरेलले समय अनुशासन पालना नगरेको तथा जनताका काम सहि ठंगले नगरेको भन्दै वडाध्यक्ष प्रसाई विरोधमा उत्रिएका हुन् ।
वडाध्यक्ष प्रसाईले नगरपालिकाको प्राङगणबाट सेवा दिइरहेका छन् । वडा सचिव विहान कार्यालय समय १० बजे उपस्थित नभएको र ८ घण्टा काम नगरेको वडाध्यक्ष प्रसाईको भनाई छ ।
समयमा कर्मचारी नआउदा सेवाग्राहीलाई सास्ती पाएको , वडाको कामकारबाही प्रभावित भएको उनले बताए ।
वडा सचिवले काम नगरेको समयको तलव कटौती गरेर नगरको खातामा जम्मा नगरेसम्म आफुले नगर परिसरबाटै सेवा दिने प्राईले बताए ।
प्रसाईको कर्मचारीको विरुद्ध उठाएको मागमा अन्य संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनले समर्थन जनाएका छन् ।