भारी वर्षाका कारण झापाका विभिन्न क्षेत्र डुबानमा परेको छ। बुधबार रातिबाट आएको अविरल वर्षाले जिल्लाका अधिकांश क्षेत्र डुबानको जोखिममा रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिए।

केही ठाउँमा नदीले कटान र डुवान सुरु गरेको बताउंदै उाले  ‘उद्धारका लागि सुरक्षा निकायका टोली तैनाथ राखिएको जानकारी दिए । 

बाढीले हालसम्म विस्थापित र धनजनको क्षतिको विवरण प्राप्त नभएको उनले बताए। रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ।

केही नदीका पानी गाउँ पसेको छ। प्रहरीका अनुसार झापाका भद्रपुर, पाठामारी, केचनाकवल, महेशपुर, बनियानी, गौरिगञ्ज, झापा लगायतका क्षेत्र डुबानको खतरा रहेकोले सो  स्थानहरूमा झन्डै ३०० युवा परिचालन गरिएको जनाइएको छ।