दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोली नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले आज एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

उनी नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका हुन ।

२०७८ फागुन १५ मा नेपालले एमसीसी अनुमोदन गरेको थियो । त्यसपछिको कार्यान्वयन प्रक्रियावारे जानकारी लिन उनले नेपाल भ्रमण गर्न लागेका हुन । नेपाल भ्रमणको क्रममा लु ले नेपालका राजनीतिक दलका नेतासँग भेट गर्ने बताइएको छ । लु ले यसअघि पनि दुई पटक नेपाल भ्रमण गरिसकेका छन । उनी अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्री मानिन्छन ।