बिर्तामोड :  झापाको बिर्तामोड नगरपालिका–३ स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

यस आदर्श स्कूल अफ म्यानेजमेन्टमा अध्ययन गरेपछि होटल तथा पर्यटकीय क्षेत्रमा सहजै रोजगारीको अवसर मिल्ने भएपछि पनि पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालेको हो ।

होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीका लागि व्यवस्थापन, सामाजिक र शिक्षण पेशा संकायमा उच्च शिक्षा हासिल गर्न दर्बिलो आधार बन्ने स्कूलका प्रबन्ध निर्देशक संजोग खरेलले बताए । 

aadharsa_1688875664

कक्षा–११ र १२ अध्ययन सकिँदा सम्ममा नेपालको सिटीभिटी, मलेशियाको इटीभिए र क्यानाडाको एसडिसीको सर्टिफिकेट पनि प्रदान गरिने उनले बताए । प्रबन्ध निर्देशक खरेलका अुनसार हाल कक्षा १२ मा एक सय ५६ जना बिद्यार्थीहरु अध्ययनरत छन् भने कक्षा–११ का लागि भर्ना शुरु भएको छ ।

उक्त विषयमा कक्षा–१२ पाससँगै स्कुलले होटल तथा पर्यटन क्षेत्रको कुनै पनि क्षेत्रमा जागिरका लागि सहजीकरण गरिदिने भएकाले पनि होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको स्कूलका शिक्षक नितेश साहले बताए । 

प्रयोगात्मक कक्षाका लागि चाहिने सम्पूर्ण होटल म्यानेमेन्टसँग सम्बन्धित विभागका आ–आफ्ना प्रयोगशालाको व्यवस्था समेत रहेको शिक्षक साहले जानकारी दिए ।

  बारिस्ता, बेकरी, दुई वटा प्रयोगात्मक किचन, रेष्टुरेन्ट, हल, बार, हाउस किपिङ लगायतका कक्षाका लागि प्रयोगात्मक सामग्रीसमेत उपलब्ध रहेको स्कूलले जनाएको छ ।

होटल मेनेजमेन्ट विषयमा कक्षा–११ र १२ अध्यापन विद्यार्थीले अन्य क्षेत्रमा काम नपाउने तथा अन्य विषय पढ्न नपाउने हल्ला चलेको भए पनि मेनेजमेन्टको कुनै पनि विषयमा अध्ययन गर्न सकिने प्रबन्ध खरेलले बताए ।  विद्यालयमा शिक्षक तथा कर्मचारी गरेर ३० जना बढी आबद्ध छन् ।