नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट संघको राजनीति सुरु गर्ने संकेत गरेका छन । आज सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले क्रिकेटको व्यवस्थापनमा लाग्ने जानकारी दिएका हुन ।

नेपाल क्रिकेट संघको आगामी चुनावी साधारण सभाको तयारीमा लागेका खड्काले जिल्लाबाटै संरचना फेरबदल गर्न आह्वान समेत गरेका छन ।

खडकाले दुई वर्षअघि २०७८ साउन १९ गते राष्ट्रिय टिमबाट सन्न्यास घोषणा गरेका थिए । क्यानको विधानमा चुनावमा जानका लागि खेलाडीले कम्तिमा दुई वर्षअघि क्रिकेट छोडेको हुनुपर्ने व्यवस्था छ । खड्काले क्यानको नेतृत्वमा चाह व्यक्त गरेका छन ।