उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियान नरोकिने बताएका छन । आज राष्ट्रिय सभामा बजेटमाथिको छलफलमा भाग लिदै उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढने बताएका हुन ।
मन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन, दोषी अपराधी नछुटुन भन्ने मान्यता अनुसार सुशासनको अभियानमा सरकार अगाडि दाबी गरे ।
मन्त्री श्रेष्ठले सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन गरेकोमा सरकारले उच्च मूल्याङ्कन गरेको बताए ।
उनले सीमित साधन स्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको दाबी पनि गरे । सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पु¥याउन दृढ रहेको उनले बताए । उनले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाए ।।