भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले  नेपाली विद्यार्थीलाई १६ करोड छात्रवृति उपलब्ध गराउने जनाएको छ ।

युनिभर्सिटीको  नेपाल प्रतिनिधी तथा लक्ष्मी एजुकेशनल कन्सलटेन्सीका शंकर भट्टराईले आज शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत युनिभर्सिटीले सो रकम बराबरको छात्रवृति उपलब्ध गराउने बताएका हुन् । 

भट्टराईले नेपालबाट यस बर्ष २ सय बिद्यार्थी अध्ययनका लागि लैजाने लक्ष्य लिएको र  सो युनिभर्सिटीले १६ करोड छात्रवृति प्रदान गर्ने छ । गत बर्ष सो  युनिभर्सिटीले  ८ करोड रकम बराबरको छात्रवृति उपलब्ध गराएको थियो । गत बर्ष  ७० जना बिद्यार्थी अध्ययनका लागि गएको पनि उनले जानकारी दिए ।  

छात्रवृति उपलब्ध गराउने बिश्वबिद्यालयले अध्ययन अवधिभर विद्यार्थीसंग अन्य शुल्क नलिने पनि  जनाएको छ ।  नेपाली बिद्यार्थीले आवास र खानाको मात्र पैसा ब्यवस्थापन गरे पुग्ने उनले जानकारी दिए । शतप्रतिशत देखि ५० प्रतिशत सम्म विद्याथर््ीले छात्रवृति पाउने छन् । 

होटल म्यानेजमेन्ट, ब्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक शिक्षामा नेपाली बिद्यार्थीहरुको आकर्षण बढी देखिन्छ । 

युनिभर्सिटीमा नेपाल, भुटान, बंगलादेश, म्यानमार, अफ्रिकाका केही देश, ताइवान लगायतबाट बिद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । हालसम्म १ हजार  बढी नेपाली बिद्यार्थी अध्ययनका लागि सो कलेजमा गएको जनाइएको छ ।