झापाको बिर्तामोड वडा नं. ५ मा  काम गर्न नसक्ने वडा सचिवले जनाएका छन् । नगरपालिकाका १० वटै वडाका वडा सचिवहरुले ५ नम्बर वडामा काम गर्न नजाने जनाएका हुन् । 

 उनीहरुले शुक्रबार आज नगरको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई वडा नं. ५ मा कामकाज गर्न जान नसक्ने बताउंदै ध्यानाकर्षण पत्र बुझाएका छन् । 

उनीहरुले वडा नं. ५ बाहेक अन्य जुनसुकै वडामा जान  तयार भए पनि आत्मसम्मानमा ठेस पुग्ने काम हुने ठाउँ नजाने बिज्ञप्तीमा उल्लेख गरेका छन् ।   

५ नम्बरका वडा सचिव विमल पोखरेलले समयको पालना नगरेको भन्दै वडाअध्यक्ष रोहित प्रसाई केहि दिन देखि  नगर परिसरमा धर्नामा बसेका थिए । उनले धर्नास्थलबाटै सेवा समेत दिइदै आएका थिए ।

सोही समस्याको समाधानका लागि हिजो बिहिबार बसेको कार्यपालिका बैठकले वडा सचिवलाई कारबाही गर्ने भनिएको निर्णयप्रति पन उनीहरुले आपत्ति जनाएका छन् ।

वडा सचिवलाई फिल्डको समेत महत्वपूर्ण जिम्मेवारी हुने हुँदा विधुतीय हाजिरीलाई आधार मानेर कारबाही गर्न नहुने उनीहरुको तर्क छ ।  कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई वडा सचिव व्यवस्थापन गर्ने जिम्मेवारी दिएको थियो ।

5c3134db-8681-4ba2-bf7a-d8ee3811a020