पछिल्लो समय पाँचथर जिल्लामा पनि ठुलो लगानीमा होटलहरु खुल्ने क्रम बढ्दै गएको छ । यहि क्रममा पाँचथरको सदरमुकाम फिदिम बजारमा सुविधा सम्पन्न मनस्वी होटल सञ्चालनमा आएको छ ।
युवा व्यवसायी दाजुभाईद्धय दिपक तथा प्रकाश नेपालले करीब ५ करोड लागनीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।
६ बर्ष अघि नै आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरि सुरु गरिएको होटल कोभिडको महामारीबाट उत्पन्न संकटका कारण बन्द रहेको थियो ।
बन्द रहेको होटललाई नयाँ संरचना तथा सजावटका साथ पुनः सञ्चालन गरिएको होटलका सञ्चालक दिपक नेपालले जानकारी दिए ।
डेढ रोपनी जग्गामा हरिगंगा कम्प्लेक्स नाम दिइएर निमार्ण गरिएको पाँच तले भवनमा बनेको होटलमा १७ वटा कोठा रहेका छन्।
जसमा २ वटा स्विट रुम, ६ वटा डिलक्स रुम, ३ वटा स्ट्यान्डर रुम र बाँकी ६ वटा सामान्य रुम रहेको सञ्चालक नेपालको भनाई छ ।
निम्न, मध्यम बर्गका ग्राहकले पनि होटलमा बस्न सक्ने जनाइएको छ । नयाँ डेकोरेसनसहित पूर्वाधारमा थप लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक दिपक बताएंछन् ।
होटल सुरु गर्दा करीब ४ करोड लगानी गरिएको भए पनि अहिले थप नयाँ स्वरूप दिइंदा लगानी बढेको जनाइएको छ ।
पूर्वको प्रसिद्ध ताप्लेजुङ स्थित पाथीभरा मन्दिर जाने मुख्य राजमार्गमा होटल पर्ने भएकाले पर्यटकको सुविधाकालागि पनि फोकस गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक प्रकाश नेपालले बताए । देश सहित भारतका बिभिन्न राज्यबाट पाथीभरा मन्दिर दर्शनकालागि दर्शानार्थीहरु जाने गरेका छन् ।
सम्मेलन, सेमिनार र बैठक लगायतका कार्यक्रम गर्न सकिने होटलमा प्रशस्त पार्किङको पनि सुविधा रहेको छ ।