झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र  भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर बीच सीप, अनुसन्धान , प्रविधि र सहुलियत आदान प्रदान सम्बन्धी सम्झौता भएको छ । 

शनिबार बिर्तामोड स्थित पाँचतारे होटल द किङ्सवेरीमा एक कार्यक्रममका बिच क्यानसर रोगका बिरामीको उपचारमा सेवा र प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको हो । 

सम्झौतापत्रमा  पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर बिरेन्द्रकुमार यादव र राजीव गान्धीका मेडिकल डाइरेक्टर सुधिरकुमार रावलले हस्ताक्षर गरेका छन् ।

क्यानसर रोगका बिरामीको सुविधालाई ध्यानमा राखेर सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर बिरेन्द्रकुमार यादवले बताए । उनका अनुुसार  राजीव गान्धीका विज्ञ चिकित्सकले पुर्वाञ्चल क्यानसर अस्पतालका  चिकित्सकलाई आवश्यक परेको खण्डमा तालिम दिने छन् ।   

नेपालका विभिन्न ठाउँमा पूर्पाञ्चल अस्पतालले आयोजना गर्ने शिविरमा पनि  राजीव गान्धीका चिकित्सक सहभागी हुनेछन् ।

dip prajana

यो सम्झौताले क्यान्सर अनुसन्धानमा पनि सहयोग आदान प्रदान हुने चिकित्सकको भनाई छ  । अर्थीक अभावका कारण क्यान्सर रोगको उपचारबाट वञ्चित नागरिकलाई पनि यो सम्झौताले फाइदा पुग्ने पूर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । 

parsai durga

उनले पुर्वाञ्चल अस्पतालमा प्रविधिको भरपुर प्रयोग गरेर बिरामीको उपचार गरिने भएका कारण राजीब गान्धीबाट पनि बिरामी लाई यहां पठाइने जानकारी दिए । 

प्रसाईले राजीव गान्धी क्यान्सर अस्पतालसँगको ऐतिहासिक सम्बन्ध विस्तारले स्वदेशमै विश्वस्तरीय क्यान्सरको उपचार प्रदान गर्ने लक्ष्य लिएको पूर्वाञ्चल क्यान्सर अस्पताल र समग्र नेपालीलाई खुशी तुल्याएको बताए । 

yadav 2

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका विरामीको थप उपचार आवश्यक परेमा सिफारिस पत्र लिएर जाँदा राजीव गान्धी क्यान्सर अस्पतालले उपचार सेवा र सुविधामा सहुलियत प्रदान गर्ने पनि कार्यकारी निर्देशक प्रसाईले बताए । 

कार्यक्रममा राजीब गान्धी अस्पतालका मुनिष गैरोला, पुर्वाञ्चल अस्पतालका अध्यक्ष डा. रामबाबु गिरी, सीइओ डा. निराजन प्रसाई,पूर्वाञ्चल तथा बिएण्डसी अस्पतालका चिकित्सकहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा बिएण्डसी अस्पतालका प्रिन्सीपल उमेश शर्माले स्वागत गरेका थिए । कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी,राजीव गान्धी क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. मनिष घिरेवाला, ओमसाई पाथिभरा हस्पिटलका मेडिकल डाइरेक्टर डा. शशी सिंह, रोटेरियन सन्तोष अग्रवाल लगायतको उपस्थिति थियो ।