राधा कृष्ण भजन किर्तन मण्डली बिर्तामोड १ को अध्यक्षमा पुजा काफ्ले खरेल  निर्वाचित भएकी छन् । आज शनिबार बिर्तामोडमा भएको तेस्रो साधारणसभाबाट २ बर्षे कार्यकालकालागि खरेल निर्विरोध चयन भएकी हुन् । उनी यस अघिको समितिमा सचिव पदमा कार्यरत रहेकी थिइन् । 

4888

त्यस्तै किर्तन मण्डलीको उपाध्यक्षमा  हिमादेवी कडरीया चम्लागाई , सचिवमा  रिता प्रसाईं भुर्तेल, सह सचिवमा  पुष्पा अधिकारी ,कोषाध्यक्षमा  लिलादेवी संग्रौला ,सह कोषाध्यक्षमा  मेनुका श्रेष्ठ चयन भएका छन् । 

2 k

खिवलाल अधिकारी सयोजक तथा सुचित्रा धौराली र रुद्र संग्रौलाको निर्वाचन समितिले सर्व सम्मत किर्तन मण्डलीको सदस्यहरुमा  कल्पना घिमिरे,जमुना संग्रौला,गोमा कुंवर ,हिमादेवी पौडेल, रोमा तिवारी चयन गरेको हो ।  

WhatsApp Image 2023-07-29 at 05.57.05 (1)

किर्तन मण्डलीको अध्यक्ष सिता गिरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको तथा उनको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि  त्रिफला राष्ट्रिय पुस्ताकालयका केन्द्रिय अध्यक्ष प्रेमप्रकाश फलारी रहेका थिए । 


समितिको सह–सचिव भेषराज चम्लगांइले स्वागत गरेको कार्यक्रमको औचित्माथि प्रकाश उपाध्यक्ष रुद्रप्रसाद संग्रौलाले पारेको किर्तन मण्डलीका साधारण सदस्य डिल्लीराम खरेलले जानकारी दिए । समितिको कोषाध्यक्ष गिता भुर्तेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रममा झापा जिल्ला पतनजली योग प्रशिक्षक देवीप्रसाद घिमिरे, पण्डित प्रेमप्रकाश रिजाल , नमुना टोल विकासको अध्यक्ष विजय बुढाथोकी लगायतले शुृभकामना मनतब्य राखेका थिए ।