झापा :  निर्माण व्यवसायी संघ झापाले  जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएको छ ।  सरकारले समयमै काम गरेको सबै निर्माण कार्यको भुक्तानी दिनु पर्ने , सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका माग सहित जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएको संघका झापा अध्यक्ष मिलन बस्नेतले जानकारी दिए । 

नेपाल निर्माण व्यवसायी महासंघले एक साता अघि  पत्रकार सम्मेलन गर्दै सरकारले भुक्तानी नदिएकाले आन्दोलनमा जाने घोषणा गरेको थियो ।

महासंघको सोही घोेषणा अनुरुप आज आइतबार संघले   जिल्ला प्रसाशन कार्यालयमा अल्टिमेटमसहित धर्ना दिएको उनले बताए । साथै संघले ज्ञापन पत्र यस अघि नै बुझाइसकेको उनले जानकारी दिए । 

महासंघले नौ बुँदे माग अघि सार्दै घोषणा गरेको  आन्दोलनको कार्यक्रममा ऐकबद्धता जनाउंदै विरोधको कार्यक्रम गरिएको संघको महासचिव पुष्पराज निरोलाले बताए ।  

ddddd

महासंघका मागहरू पूरा गर्ने आफ्नो प्रतिबद्धताबाट राज्यपछि हटेका कारण बाध्य भएर आन्दोलनमा जानु परेको महासचिव निरोलाको भनाई छ ।  

महासंघको पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार प्रशासनमा धर्ना दिइएको निमार्ण व्यवसायी राजकुमार राईले बताए । साथै राज्यको हेपाहा प्रवृतिका कारण व्यवसायी झनै ठुलो मारमा परेको उनले बताए । सरकारले समयमा सम्पन्न गरेका आयोजनाका रकम भुक्तानी नर्गदा नयां सम्झौता गरिएका काम पनि अघि बढाउन नसकिएको निमार्ण व्यवसायी नयन बरालले जानकारी दिए । 

अत्याधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गर्नुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने सहितका नौ बुँदे माग महासंघले अघि सारको छ । 

चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको बक्यौता रकम समयमा राजस्व खातामा दाखिला गरिनुपर्ने लगायतका माग महासंघको छ ।