काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम(फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । खार तहसीलमा जमियत उलेमा इस्लाम(फजलका एक नेता मौलाना जियाउल्लाह जान विस्फोटमा मारिएका छन् ।

उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।