झापा : नागरिक उन्मुक्ति पार्टी एकीकृतले लिम्बुवान प्रान्तीय समिति नेपाल गठन गरेको छ । पार्टीको शनिवार दमकमा भएको भेलालले १४ बुँदे प्रस्ताव पारित गर्दै भूपेन्द्र मावोको अध्यक्षतामा ५९ सदस्यीय प्रान्तीय समिति गठन गरेको आइतवार बिर्तामोड पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
समितिको उपाध्यक्षमा डा। रामनारायण कन्दङ्वा, नन्द याम्फु, डा। चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्बा छन् भने महासचिबमा जीतबहादुर राई र योवाहाङ तुम्बाहाङ्फे रहेका छन् । त्यस्तै सचिवमा बिजय निङ्लेखु, बिना तामाङ, पञ्च आङदेम्बे र कोषाध्यक्षमा एसपी सोदेम्बा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
दमकमा शनिवार पार्टीका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अम्बरबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी ९एकीकृत० संरक्षक रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा गठन भएको पार्टीका केन्द्रिय सचिवालय सदस्य धनबहादुर पन्धाकले जानकारी दिए ।
लिम्बुवान प्रान्तीय समितिले पारित गरेको प्रस्तावमा पहिचान बिहीन कोशी नामाङ्कन खारेज गरी पहिचानमा आधारित पुनः नामाङ्कन, पहिचान आन्दोलनका शहिद लाजेहाङको परिवारलाई क्षतिपूर्ति, पहिचानको आन्दोलनका क्रममा घाइते भएकालाई उपचार खर्च उपलब्ध, आन्दोलनका क्रममा लगाएका झुट्टा मुद्दा खारेज गर्न माग गरेको छ ।