झापा : झापाको चारआलीबाट प्रहरीले बिल नभएको लाखौं मूल्यको सुपारीसहित एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।
सुपारी बोकेको को१च ८९६७ नम्बरको पिकअप भ्यान र त्यसमा रहेको १० लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको ६१ बोरा सुपारी आज बुधबार विहान चारआलीबाट पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रणमा लिइएको गाडीको मूल्य पाँच लाख मूल्य कामय गरिएको र सुपारीसहित गाडीलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।