बिर्तामोड : झापाको बिर्तामोड ४ मा रहेको द ब्यूटी वर्ल्डले प्रथम बार्षिक उत्सव मनाएको छ । आज बिहिबार एक संक्षिप्त कार्यक्रमकाबिच द ब्युटी वर्ल्ड मेकअप एण्ड पार्लर ट्रेनिङ सर्भिस सेन्टरले आफ्नो बार्षिकोत्सव मनाएको हो ।
नेल, मेहेन्दी र मेकअप सम्बन्धी महिलाहरुलाई उच्चस्तरीय तालिम दिने हेतुले एक बर्ष अघि स्थापना भएको द ब्यूटी वर्ल्डले एक बर्ष अवधिमा १ हजार ५ सय बढीलाई तालिम प्रदान गरिसकेको सञ्चालक वत्सल भट्टराईले जानकारी दिए । उनले देशका बिभिन्न स्थानमा ब्यूटी वर्ल्डको ३० बढी शाखाहरु पनि सञ्चालनमा रहेको बताए ।

उनले ब्यूटी पार्लरको क्षेत्रमा आत्मनिर्भर बन्न चाहने किशोरी तथा गृहेणी महिलाहरुलाई दक्ष प्रशिक्षकबाट ब्यूटि वर्ल्डमा प्रशिक्षण प्रदान गरींदै आएको बताए ।

_1736908732.jpg)
साथै व्यवसायीक बन्न चाहनेलाई पनि प्रशिक्षण सहित सहजीकरण लगायतका बिषयमा पनि सेवा प्रदान गरिने उनले बताए ।

अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईको प्रमुख आतिथ्यता तथा ब्यूटी वर्ल्डका सञ्चालक वत्सल भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा प्रशिक्षकहरु सपना पौडेल, मुना खाती, रेपिका बस्नेत, गिता कार्की, सुजना नेपाल र सुस्मीता अधिकारीले शुभकामना मनतब्य राखेका थिए । वर्ल्डका सञ्चालक भगवान बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।