जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको अर्जुनधार ३ की १३ बर्षिय इक्क्षा लिखुलाई आर्थिक सहयोग गरिएको छ । 

  झापाली समाज कतार र प्रवासी झापाली सम्पर्क मञ्च, नेपालले  संयुक्त रुपमा उनलाई नगद २५ हजार २५ रुपैंया सहयोग गरेका हुन् ।  आज बिहिबार उनको घरमै पुगेर उक्त रकम सहयोग गरिएको झापाली समाज कतारका सदस्य सुर्दशन रोकाले जानकारी दिए । 

गत असार २० गते जङ्गली हात्तीको आक्रमण्मा परी घाइते भएकी विपन्न समुदायकी लिखुलाई उपचारमा  साहयता पु¥याउन सहयोग गरिएको उनले बताए । 

WhatsApp Image 2023-08-03 at 06.37.15

कार्यक्रममा  प्रवासी झापाली सम्पर्क मञ्चका  अध्यक्ष नेत्र प्रसाई , झापाली समाज कतार सदस्य सुदर्शन रोका ,  अर्जुनधारा नगरपालिका  ३ वडाअध्यक्ष सिताराम भट्टराई , झापाली समाज कतार पूर्व अध्यक्ष गुरुभक्त काफ्ले,  लगायतले उक्त रकम लिखुलाई प्रदान गरेका थिए ।

WhatsApp Image 2023-08-03 at 06.37.14

 सहयोग रकम हस्तानतरण कार्यक्रममा झापाली समाज कतार पूर्व सदस्य  पिताम्बर निरौला , जुकेखाडी वनका उपाध्यक्ष दिपक नेपाल, च्यारीटि अध्यक्ष लिलाबल्लभ  खतिवडा , सामाजिक ब्यक्तित्व , कृष्णबहादुर रोका , गाविन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो । लिला बल्लभ खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्माथि प्रकाश सुदर्शन रोकाले पारेका  थिए ।