बिर्तामोड : झापाको बिर्तामोड–३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले अध्यनरत बालबालिकाका लागि एक दिने आँखा जाँच शिविर आयोजना गरेको छ ।  आँखा पाक्ने रोग फैलिरहेका बेला मन्टेश्वरीले नानीबाबुका लागि आज शुक्रबार स्कुलमै शिविर आयोजना गरेको हो ।

बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग मा भएको शिविरमा मन्टेश्वरीका बालबालिका, तिनका अभिभावक र स्थानीय गरी ८० जनाको आँखा परीक्षण गरिएको  मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । नानी बाबुहरुको आँखामा हुने अन्य रोगहरुको पहिचान गरी उपचार गराउन समन्वय गर्ने उद्देश्यले आँखा जाँच शिविर सञ्चालन गरिएको उनले बताए । 

pic e

 शिविरमा आंखा अस्पतालले निशुल्क औषधि समेत वितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक सञ्जु अर्यालले जानकारी दिइन् । नेत्र सहायक अर्याल र दृष्टि विशेषज्ञ भावना गनगाईको टोलीले बालबालिका सहित अन्यको आँखा परीक्षण गरेको थियो । 

pic eye

कार्यक्रमको प्रमुख अतिथि बिर्तामोडको राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेल , बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा पाक्ने रोग फैलिरहेकाले सर्तक रहन आग्रह गर्दै यस्ता कार्यक्रमले फाइदा पुग्ने धारणा राखेका थिए । 

कार्यक्रममा जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्र, स्थानीय खिब अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।